समन्था र चैतेन्य को भयो सम्भन्द विच्छेद घोषण


 साउथ इन्डियन फिल्मका सुपरस्टार नागा चैतन्य र समन्था अक्किनेनीले ४ वर्षको वैवाहिक सम्बन्ध विच्छेद गरेको घोषणा गरेका छन् । 


साथै उनीहरुले यस मुद्दामा गोपनीयता दिन पनि सञ्चारमाध्यम समक्ष आग्रह गरेका छन् । समन्थाले सामाजिक सञ्जालमा लेखेकी छन्, 'मैले र नागा चैतन्यले आफ्नो बाटोमा हिँड्नका लागि पति पत्नीको रुपबाट अलग हुने फैसला गरेका छौं । एक दशकभन्दा लामो मित्रता हाम्रो सम्बन्धको मुख्य हिस्सा थियो । साथै हामीलाई विश्वास छ कि हाम्रो बीचमा एक विशेष सम्बन्ध रहनेछ ।'



दुई चर्चित दक्षिण भारतीय कलाकारको सम्बन्ध  विच्छेदको फैसलापछि समन्था र चैतन्यलाई अदालतमा परामर्श समेत दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस सम्बन्ध विच्छेदपछि अभिनेत्री समन्थाले ५० करोड रुपैयाँ पाउने बताइएको छ ।समन्था अक्किनेनी र नागा चैतन्यले  पहिले हिन्दू रीति रिवाज अनुसार र ७ अक्टोबरमा फेरि क्रिश्चियन रीति रिवाज अनुसार विवाह गरेका थिए। आगामी अक्टोबर ६ मा विवाहको चार वर्षगाँठ पूरा हुनुअघि नै उनीहरुले अलगिने घोषणा गरेका हुन् ।


यी दुइ कलाकारले धेरै चलचित्र सगै गरेक थिये । samantha  को फ्यान थुलो रूपमा  थियो,सथै चैतेन्यको पनि फ्यान निकै राम्रो थियो || तल केही samantha  को तस्बिर हेर्न् सक्नु हुन्छ ।



Comments

Popular posts from this blog

Deepak raj giri biography

Maha jodi/legend of our industry...

Manoj gajurel/The legend......