virat kohli left test captaincy.....
क्रिकेटर विराट कोहलीले भारतीय टेष्ट टिमको कप्तानी छाडेका छन् । लगातार ७ वर्ष टेष्टमा भारतीय क्रिकेटको कप्तानी गरेका विराटले दक्षिण अफ्रिकासंगको टेष्ट सिरिज हारेको भोलिपल्ट कप्तानी छाडेका हुन् ।
उनले शनिबार सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै आफ्नो लागि टेष्ट कप्तानबाट हट्ने यही बेला उपयुक्त रहेको उल्लेख गरेका छन् । ‘हरेक कुरा कुनै न कुनै चरणमा रोकिनु पर्छ र मेरो लागि भारतको टेस्ट कप्तानको रूपमा रोकिने बेला अहिले हो’ उनले भनेका छन् ।
Comments
Post a Comment